काठमाडौं भित्रिने सवारीसाधनलाई नारनघाटमै रोकिने !

फाइल तस्बिर

जामका कारण यात्रु एम्बुलेन्स भित्रै मृत्यु हुन थालेपछि यातायात विभाले १२ गतेदेखि १९ गतेसम्म काठमाडौं भित्रिने ठुला मालवहाक सवारीलाई रोक लगाएको छ ।

दशैंका बेला काठमाडौंबाट घर फर्किने यात्रुहरु बाटैमा अलपत्र पर्ने गरेका कारण प्रधानमन्त्री कार्यालयको निर्देशनमा गृहमन्त्रालय र यातायात विभागले यस्तो निर्णय गरेका हुन् ।

यस्तै गृहमन्त्रालयले नागढुंगा देखि नौबीसेसम्म ठुलो मात्रामा प्रहरी परिचालन गरी जाम नियन्त्रणमा लिने निर्णय गरेको छ । पर्वका बेला यात्रुको सुरक्षालाई मध्यनजर गर्दै थप सय जना ट्राफिक प्रहरी र २०० जना नेपाल प्रहरी गरी ३०० जना प्रहरी परिचालन गर्ने निर्णय गरेको हो । यस्तै प्रहरीले नागढुंगा देखि नौबिसेसम्म यदी ओभरटेक गरेको पाइएमा रु ३०० जरिवाना लाग्ने बताएको छ ।

काठमाडौं भित्रिने अधिकांश सवारी साधन सामान बोकेर आएका लोड गाडी छन्। सय गाडीमध्ये ९५ वटा ट्रक भेटिन्छ। उकालोमा लोड भएका गाडी फस्ने, गियर जानेजस्ता समस्याहरू देखिँदा लामो समय जाम हुने गरेको प्रहरीको ठम्म्याई छ ।

प्रकाशित मिति: : 2019-09-27 22:18:43

प्रतिकृया दिनुहोस्