शिक्षक सरुवाको विषयलाई लिएर रौतहटको कटहरिया नगरपालिकाको कार्यालयमा विद्यार्थीहरुले आज तोडफोड गरेका छन् । तोडफोडबाट लाखौंको क्षति भएको छ ।
कटहरिया नगर कार्यपालिकाको हिजो बसेको बैठकले नगर अन्तर्गतका एकजना प्रधानाध्यापकसहित ९ जना शिक्षकलाई अन्यत्र सरुवा गर्ने निर्णय गरेको थियो ।
एक ठाउँबाट अर्को ठाउँमा शिक्षकलाई सरुवा गरेपछि कटहरिया नगरपालिकाका आक्रोशित विद्यार्थीहरुले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन् ।
ठुलो संख्यामा आएका विद्यार्थीहरुले नगरपालिकाको जिन्सी शाखाको ताल्चा फुटाएर भित्र प्रवेश गरी दुईवटा भन्दा बढी कम्प्युटर र ल्यापटप कामै नलाग्ने गरी फुटाएका छन् भने ५० भन्दा बढी कुर्सी, दराज, सिसिटिभी क्यामरा, झयाल, ढोका सबैमा तोडफोड गरेका छन् ।