नेपाली खेलकुदमा विशेष चासोको रुपमा लिईएको नेपाल क्रिकेट संघ (क्यान) को चुनावी साधारण सभा शुक्रबार (आज) देखि काठमाडौंमा सुरु हुँदैछ ।
दिउँसो २ः०० बजे सुरु हुने साधारण सभाको पहिलो दिन उद्घाटनसँगै निर्वाचन सम्बन्धी कार्यविधि तय गरिने निर्वाचन समितिले जनाएको छ ।साधारण सभाको युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले गर्नेछन् ।
शनिबार नेतृत्व चयनका लागि निर्वाचन हुनेछ । क्यानको यस चुनावलाई नेपाली कांग्रेस र नेकपाबीचको भिडन्तका रुपमा पनि लिईएको छ । चन्द नेपाली कांग्रेस समर्थक हुन् भने पाण्डे नेकपा निकट छन् । दुवैले आआफ्नो प्यानल खडा गरेर चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनमा क्यानको ३९ जिल्ला र प्रदेशका २० गरी ५९ सदस्य प्रतिनिधिले मतदान गर्नेछन् । निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र १३ जना सदस्य सहित १७ सदस्यीय कार्यसमितिको चयन हुनेछ ।
क्यानमाथि सरकारले अनावश्यक हस्तक्षेप गरेको र अवैधानिक निर्वाचन गरिएको भन्दै तीन बर्षअघि आईसीसीले क्यानमाथि प्रतिबन्ध गरेको थियो । प्रतिबन्धपछि नेपाली क्रिकेटलाई आईसीसीले आफ्नै सक्रियतामा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि गराउँदै आएको छ । साधारण सभाबाट नयाँ नेतृत्व चयन भएसँगै क्यान माथिको निलम्बन फुकुवा हुने राखेप सदस्य सचिव सिलवालले बताएका छन् ।