भारतको मध्यप्रदेशको शिवपुरी जिल्लामा खुल्ला शौच गरिरहेका दुई दलित बालबालिकाको कुटीपिट गरेर हत्या गरेका छन् । बुधबार बिहान १२ वर्षकी रोशनी र १० वर्षका अविनाश पंचातको हत्या गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
अविनाशका पिता मनोज वाल्मिकीले भने, ‘यी दुई बिहान ६ बजे शौचका लागि निस्किएका थिए । हाकिम र रामेश्वरले उनीहरुलाई लठ्ठीले कुटे । उनीहरुले दुबैलाई त्यतिबेलासम्म कुटे जबसम्म उनीहरुको मृत्यु भएन । म त्यहाँ पुग्दासम्म उनीहरु भागिसकेका थिए ।’
घटनापछि तनावका कारण क्षेत्रमा पुलिस बल तैनाथ गरिएको छ । पुलिसका अनुसार दुई अभियुक्तलाई पक्राउ गरिएको छ ।