थ्रीस्टार क्लबको अध्यक्षमा जोशी चयन

तस्बिरः थ्रीस्टार क्लब

थ्रीस्टार क्लबले वार्षिक साधारणसभाबाट अरुणमान जोशीको अध्यक्षतामा १९ सदस्य कार्य समिति चयन भएको छ ।

आइतबार भएको क्लबको वार्षिक साधारणसभाले जोशीको अध्यक्षतामा १९ सदस्य कार्यसमिति निर्विरोध चयन गरेको हो । उपाध्यक्षमा रमेश अवाले, कृष्ण अवाले, निर्मलरत्न शाक्य,अतिशकृष्ण श्रेष्ठ, विरेन्द्रलाल श्रेष्ठ र जयकृष्ण श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै, महासचिवमा भने सञ्जिव शिल्पकार, कोषाध्यक्षमा राम श्रेष्ठ, सचिवमा कुलबहादुर महर्जन र निवास गोपाल वैद्य चयन भएका छन् । सदस्यहरुमा भने हरि महर्जन, रामेश्वर अवाले, रुपेन्द्र पुरी,रामकृष्ण चित्रकार, प्रेमबहादुर चित्रकार र मुकेश नकर्मी चयन भएका छन् ।

दुई सदस्य भने पछि कार्यसमितिले मनोनयन गर्नेछ ।

प्रकाशित मिति: : 2019-09-22 17:30:39

प्रतिकृया दिनुहोस्