संविधान दिवसको अवसरमा नेपाल प्रहरीका ८२ अधिकृत तथा जवानहरुले विभिन्न पदकहरु पाउने भएका छन् । बिभुषण छनौट समितिले गरेको निर्णय अनुसार नेपाल प्रहरीको विभिन्न दर्जाका कर्मचारीले राष्ट्रपतिबाट मानपदवी,अलङ्कार र पदकले बिभुषित गर्ने घोषणा भएको छ ।
सुची अनुसार डिआईजीहरु केदार रिजाल, दीपककुमार थापा, डा. राजिव सुब्बा, पिताम्बर अधिकारी, महेन्द्रकुमार पोखरेल, कमलबहादुर जिटि, एसएसपीहरु सहकुलबहादुर थापा, अरुणकुमार बिसि र डा. दीपक श्रेष्ठले सुप्रवल जनसेवाश्री पाउने भएका छन् ।
एसपीहरु मनोज केसी, प्रवीण पोखरेल, सिद्धीबिक्रम शाह, ईश्वर कार्की, ओमबहादुर राना, डिएसपीहरु ऋषिराम कंडेल, सन्तोष तामाङ, संजयसिंह थापा, नवीन कार्की, टेकुनन्द इवा लिम्बु, कमला लामा, कुबेर कडायत, दुर्गा सिंह,गोविन्दराज काफ्ले, मिमबहादुर लामा, होविन्द्र बोगटी, इन्स्पेक्टरहरु पुर्णिमाकुमारी चन्द, भरत बहादुर शाह, राजेशराज पुरी, सविनकुमार संग्रौला, शर्मिला गुरुङ र प्रमेश बिस्टलाई प्रबल जनसेवाश्रीले बिभुषित गरिने भएको छ ।
डिआईजी सुरज केसी, एसएसपी अरुणकुमार भण्डारी, एसपी शेखर खनाल, डिएसपीहरु राजेन्द्रप्रसाद धमला, रुगमबहादुर कुँवर, रमेशबहादुर सिंह, किरणजङ्ग कुँवर, राजकुमार केसी, उद्धवसिंह भाट, इन्स्पेक्टरहरु दीपक थापा, पुरुषोत्तम राउत क्षेत्री, योगेन्द्र तिमिल्सिना र कुमारप्रसाद मैनालीले नेपाल प्रताप सुभुषण पाउने भएका छन् ।
प्रहरी नायब निरीक्षक (सई) हरु महेश केसी, ईश्वर राउत, प्रकाश पण्डित, जयकुमार राई, निरु सुवेदी, मनोज राना मगर, अनन्तराज थापा,इमानबहादुर भण्डारी, प्रहरी सहायक निरीक्षक (असई) हरु फुलमाया क्यापछाकी, केशव सुयल थापा, प्रहरी हवल्दारहरु मन्देकाजी श्रेष्ठ, सुशील दंगाल र प्रहरी जवान डोलराज पाण्डेले जनसेवाश्री पदक पाएका छन् ।