नाग्ममा बस दुर्घटना: एकको मुत्यु, पाँच घाइते

दुर्घटनाग्रस्त बस : हतार गरे भन्न सकिन्न तर ढिलो गए अवश्य पुगिन्छ । तस्बिर : सामाजिक सञ्जाल

जुम्ला र कालिकोटको सीमा नाग्ममा मंगलबार साँझ बस दुर्घटना हुँदा एकजनाको मुत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

सिंजाबाट जुम्ला जाँदै गरेको ना ३ ख ७६६४ नम्बरको बस नाग्मको बेलिब्रेज पुलनेर दुर्घटना भएकाे हाे। दुर्घटनामा परि मृत्यु हुनेमा सिजा गाउँपालिका–१ का २७ वर्षीय नन्दबहादुर शाही रहेको जुम्लाका डिएसपी लालबहादुर धामीले बताए । उनले घाइतेहरुलाई उदृत गर्दै चालकको लापर्बाहीले बस दुर्घटना भएको जानकारी दिए।

यो पनि हेर्नुहोस् 
वृद्धाश्रममा बसेकी एक उपसचिवको कथाः

धामीका अनुसार घाइते हुनेमा चन्दननाथ नगरपालिका–९ का ३५ वर्षीया छाया उपाध्ययाय र ३१ वर्षीया गर्भकन्या उपाध्याय, मुगुको छायानाथ रारा नगरपालिका–८ का ३० वर्षीया जुनमती रावत र ३५ वर्षीया लालदेवि रावत तथा अछामका डकारी गाउँपालिका-६ का ३५ वर्षीया डिल भुल रहेका छन् ।

घाइतेहरुको कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको  छ। उसका अनुसार बस चालक फरार रहेका छन् ।

 

 

प्रकाशित मिति: : 2019-09-18 05:01:58

प्रतिकृया दिनुहोस्