डाक्टरको लापरबाहीले वीरगन्जमा  एक महिलाको मृत्यु

तस्बिरः बिएल

वीरगन्जमा डाक्टरको लापरबाहीले आइतबार एक महिलाले ज्यान गुमाएकी छन्। वीरगन्जको भवानी हस्पिटलमा उपचाररत वीरगन्ज महानगरपालिका वडा नम्बर १० रानिघाट निवासी गनगनदेव साहकी पत्नी गायत्री देवीको डाक्टरकै हेलचेक्र्याईले उपचारको क्रममा मृत्यु भएको हो।

भवानी हस्पिटलमा कार्यरत डाक्टर श्वेता चौधरी कर्णले पाठेघरको सफाई गर्ने क्रममा आन्द्रा काटेकोले ३५ वर्षीय गायत्री देवीको मृत्यु भएको परिवार एक  सदस्यले बताएका छन्।

‘उपचारको लागि शुक्रबार भवानी हस्पिटलमा लगेका थियौ। त्यहाँ डाक्टर श्वेता कर्णले मेरो श्रीमतीको पाठेघर सफाई गर्ने क्रममा आन्द्रामा कैची चलाएपछि घाईते भई पूरा शरीरमा पोइजन फैलियो र मृत्यु भयो’, मृतकका श्रीमान गनगनदेव शाहले भने, ‘अस्पताल आउँदा उनी तन्दुरूस्त थिइन्। डाक्टरले नै मारिदिए।’

डा श्वेताले अनुसार, गायत्री देवीले बच्चा नोक्सान गर्ने क्रममा दुई पटक औषधि खाएकाले निजको पाठेघर फोहोर भएको र सफाई गर्नै क्रममा आन्द्रा सरेकाले प्वाल परेको हो। उनले शरीरको विभिन्न भागमा फैलिएपछि अवस्था गम्भीर भएको र हस्पिटलसँग भेन्टिलेटर नभएकोले नेशनल मेडिकल कलेजमा पठाएको जानकारी दिइन्।

नेपाल सरकारको नियम अनुसार पाठेघरको सफाई गर्ने गैर कानुनी हो।

गम्भीर अवस्थामा आइतबार बिहान नेशनल मेडिकल कलेज पुर्‍याइएकी गायत्री देवीको १५ मिनेटपछि मृत्यु भएको परिवारिक स्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2019-09-16 09:43:01

प्रतिकृया दिनुहोस्