पुस्तकबाटै संसार चिन्छन् अमर न्यौपाने

लेखक अमर न्यौपाने आख्यान विधामा विशेष रुपमा कलम चलाउँछन् । उनको जन्म २०३४ चैत १४ गते भएको हो। उनले नेपाली विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन्। सानैदेखि लेखक बन्न चाहन्थे। एसएलसीपछि नै उनले लेख्न थालेका थिए।

औपचारिक रुपमा उनी लेखक भएको २०६६ सालमा हो। यो वर्ष उनको पहिलो पुस्तक ‘पानीको घाम’ प्रकाशनमा आएको थियो। यसले पद्मश्री साहित्य पुरस्कार प्राप्त गर्न सफल भयो।

प्रकाशित मिति: : 2019-09-14 14:19:31

प्रतिकृया दिनुहोस्