गृहमन्त्रीका भाइको गुन्डा नाइकेसँग ‘कनेक्सन’

तस्बिरः नागरिक

काठमाडौं - गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ नरेशकुमार थापाले केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग नियमित रूपमा भेटघाट गरेको देखिएको छ। निर्माण व्यवसायीलाई धम्क्याएर चन्दा असुली गर्ने र गुन्डागर्दी गर्ने समूहका नाममा पक्राउ परेका पवन खड्का र शैलेश प्रजापतिले दिएको बयान र प्रहरीले निकालेको कल डिटेलअनुसार थापाले बस्नेतसँग नियमित सम्पर्क गरेको देखिएको हो। थापा गत मंगलबार पक्राउ परेका छन्।

कारागारको सुरक्षामा खटिएका प्रहरी निरीक्षक विपीन ओझाले तत्कालीन माओवादी कार्यकर्ता तुलसी भन्ने व्यक्तिसँग आएर थापाले समीरमानसँग भेट गरेको पुष्टि गरेका छन्। ओझासँग थापाको पुरानो चिनजानसमेत थियो। आफू जगन्नाथ देवल कारागारमा ड्युटीमा रहेका बखत थापा समीरलाई भेट्न अएको ओझाले पुष्टि गरेका हुन्।

प्रकाशित मिति: : 2019-09-13 07:22:32

प्रतिकृया दिनुहोस्