दिनको ३ : ४५ बजे । ग्राण्डी इन्टरनेश्नल अस्पतालको तेस्रो तला । ढोकामा नेम प्लेट छ, डा. भवानी मानन्धर, कन्सल्टेन्ट कार्डियोलोजिस्ट । तर भित्र कुर्सी खाली थियो । भनेको समय भन्दा ४५ मिनेट ढिलो पुगिएछ । डा. मानन्धरले फोनमा भन्नुभयो, ‘स्कुलबाट आएकी छोरीलाई रिसिभ गर्दैछु, पाँच मिनेट पर्खनुस् है, आइहालेँ ।’
खासमा डा. मानन्धरलाई भेट्न एक महिनाअघि नै समय लिइएको थियो । अघिल्लो दिन डा. भवानीले फोनबाट जानकारी गराइन्, ‘नानु साह्रै विरामी पर्यो । पछि कुरा गरौं, हुँदैन ?’ सहमति जनाउनुको विकल्प थिएन ।