येचुरीको प्रश्न : राहुल गान्धी बीजेपीविरुद्ध लड्दै छन कि कम्युनिष्टविरुद्ध ?

भारतीय कम्युनिष्ट पार्टी(मार्क्सवादी) का महासचिव सीताराम येचुरीले कांग्रेस अध्यक्ष राहुल गान्धीले बीजेपीविरुद्ध लड्न लागेको हो वा कम्युनिष्टविरुद्ध स्पष्ट पार्नुपर्ने बताएका छन् ।
महासचिव येचुरीले वामपन्थीको गढ मानिने केरलको वायनाडबाट गान्धीको उम्मेदवारीले अलग सन्देश गएको बताएका छन्।

सीताराम येचुरी भन्छन्, ‘केरलको सबै २० सिटमा कांग्रेस नेतृत्वको यूडीएफ र वाम दल नेतृत्वको एलडीएफबीच प्रतिस्पर्धा रहेको छ। चाहे उम्मेदवार राहुल हुन् वा अरु कोही।’ येचुरी भन्छन्, ‘अब राहुल गान्धी के चाहन्छन्, त्यो उनीमाथि नै भर पर्छ।

राहुल गान्धी आफ्नी आमा र हजुरआमाभन्दा बेग्लै तरिकाले केरलमा वाम दलविरुद्ध उठेर के सन्देश दिन चाहन्छन् ? उनले देशलाई बताउनुपर्छ कि उनको लडाइँ बीजेपीविरुद्ध हो वा वामदलविरुद्ध ?’...

प्रकाशित मिति: : 2019-04-20 07:38:11

प्रतिकृया दिनुहोस्