पहाडकी रानी दार्जिलिङमा अप्रिल १८मा फुल्ला त 'कमलको फूल '?

तस्वीर सौजन्य: माया-बीएल ग्राफिक्स

आगामी अप्रिल १८ मा दार्जिलिङमा हुने लोकसभा चुनावमा पहिलोपटक दुई गोर्खा उम्मेद्वार आम्नेसाम्ने भएका छन्- दार्जिलिङका रैथाने पुराना राजनीतिज्ञ अमरसिंह राई र मणिपुरका युवा नेपाली राजुसिंह विष्ट। दार्जिलिङका बर्तमान एमएलएसमेत रहेका राई ममता बेनर्जीको पार्टी त्रिणमुल कंग्रेसबाट उठेका छन् भने राष्ट्रिय स्वयंसेवक दलमा रहेका विष्टलाई नरेन्द्र मोदीको भारतीय जनता पार्टीले उम्मेद्वार बनाएको छ।

यी दुई उम्मेद्वार देखाउने मोहरा मात्र हुन् खास लडाई चाँहि गोर्खा जनमुक्ति मोर्चाका दुई घटकबीचको हो, दार्जिलिङका पुराना पत्रकार सीवी प्रधान भन्छन्।राईलाई विनय तामाङ घटकको समर्थन छ भने विष्टलाई विमल गुरूङ घटकको। कुनै समय विमल गुरूङका अनुयायी विनय तामाङ अहिले गुरुङलाई नै अपदस्थ गरेर पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीको सहयोगमा दार्जिलिङको नेतृत्व गरिरहेका छन्। उता, विमल गुरुङमाथि भने विभिन्न मुद्दा लगाइएका छन् र उनी भूमिगत अवस्थामा पुर्याइएका छन्। 

दार्जिलिङमा राई र विष्टबीच चर्को प्रतिस्पर्धा रहेको बताइन्छ। यी दुईमध्ये एकले चुनाव जित्नेभन्दा पनि दार्जिलिङमा तामाङले जित्ने कि गुरूङले जित्ने भन्ने खालको चुनावी माहौल बनाइएको छ। राईले जिते तामाङले जित्ने र विष्टले जिते गुरूङले भन्ने छ। अझ त्यो भन्दा पनि बढी राईले जित्दा ममता बेनर्जीले जित्ने र विष्टले जिते नरेन्द्र मोदीले जित्ने जस्तो स्थिति बनाइएको छ। दार्जिलिङका एक साहित्यकार इमान भुजेल भन्छन्- 'चुनावी प्रचारप्रसार हेरेदा यहाँ विष्ट र राइ हैन, मोदी र बेनर्जी नै चुनावमा आम्नेसाम्ने भएजस्तो देखिन्छ। दुबैको प्रतिष्ठा दाउमा लगाइएको छ।'

भाजपाका उम्मेद्वार राजु विष्ट ममता बेनर्र्जीको दादागिरिबाट मुक्त गराउँन दार्जिलिङमा कमल फुल्न आवश्यक रहेको बताइरहेका छन् भने भाजपाले गोर्खालाई दिएको आश्वासन पूरा नगरेकाले त्यसको बदला लिन 

यसअघि दार्जिलिङका गोर्खाहरूको समर्थनमा भारतीय जनता पार्टीले आफ्ना उम्मेद्वारलाई विजयी बनाउँदै आएको थियो।सन् २००९ मा भारतीय जनता पार्टीका वरिष्ठ नेता जसवन्त सिंह विजयी भएका थिए भने २०१४ मा अर्का वरिष्ठ नेता एसएस आलुवालिया विजयी भएका थिए। उनीहरू दुबै गैरगोर्खा थिए र दार्जिलिङमा गोर्खा उम्मेद्वारको माग लामो समयदेखि हुदै आएको थियो। त्यसैले यसपटक भारतीय जनता पार्टीले गोर्खा उम्मेद्वारका रूपमा राजु विष्टलाई उम्मेद्वार बनाएको बताइन्छ। 

दार्जिलिङका गोर्खाहरू चरम विभाजनमा रहेकोले स्थानीय उम्मेद्वारभन्दा बाहिरको गोर्दा स्वीकार्य हुन सक्ने भाजपाको ठहर छ। तर, अघिल्ला चुनावमा गरेका प्रतिवद्धताहरू पूरा नगरेको भनेर गोर्खाहरू भाजपासँग खुशी छैनन्। यसैले दार्जिलिङ्मा यसपटक कमल फुलाउँन सजिलो नभएको अनुमान गरिदैछ।

 

प्रकाशित मिति: : 2019-04-04 08:59:00

प्रतिकृया दिनुहोस्