विप्लव समूहसँग ‘एके-४७’र एक बटालियन प्रशिक्षित सेना

तस्बिरः बिएल

सरकारले प्रतिवन्ध लगाएको विप्लव नेतृत्वको नेकपासँग नेपाल प्रहरी र सेनासँग समेत नभएका ए के ४७ सहितका आधुनिक हतियारहरू छन्।उसँग तीनहजार सैनिकको एक वटालियन नै छ। विप्लवसँग तत्कालिन माओवादीले क्यान्टोनमेन्ट छलेका रोज्जा रोज्जा हतियार मात्र पुगेका छैनन्, यसबीचमा उनले नया हतियार पनि किनेको विश्वास गरिन्छ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम सुवेदी भन्छन्- विप्लव समुहमाथि प्रतिवन्ध लगाइएको छ। उनीहरुसँग भएका हतियार उनीहरुले बुझाउनु पर्छ। ३५ दिनभित्र अबैध हतियार बुझाउनुपर्ने हुन्छ। अन्यथा प्रहरीले कारबाही गर्छ। विप्लव समूहसँग आधुनिक हतियार छन् भन्ने सूचना आएको छ। हामी खोज्दैछौं।

गत साता सरकारले प्रतिबन्ध लगाएको बिप्लव समुहका नेता कार्यकर्तालाई पक्राउ गर्न देशैभर प्रहरीले गोप्य अप्रेशन चलाउदै आएको छ। तर पनि छुटफुट बिप्लव कार्यक्रर्ता बाहेक अन्यलाई पक्राउ गर्न सकेको छैन।

१० वर्षसम्म सँगै युद्ध लडेका बिप्लवका सहकर्मी रामबहादुर थापा 'बादल' अहिले उनलाई समातेर खोरमा हाल्ने अभियानमा छन्। प्रहरीले मात्र हैन, राज्यको सबै सुरक्षा निकाएका जासुस निकाय अहिले बिप्लव समुहको सूचना संकलन गर्ने र राज्यलाई दिने गर्दै आएका छन्। विप्लव भने राज्यका सबै सुरक्षा जासुसलाई छल्दै नेपालमै रहेर संगठन बिस्तार र आफ्ना सेनाको सक्रियता बढाउदै आएका छन् । उनले यस बीचमा ब्यावसायीबाट असुल्ने चन्दाको रेट समेत बढाएका छन्।

प्रहरीको एक उच्च स्रोतका अनुसार आइतबार सेनासहित विप्लव समुहका एक हुल नेता पूर्वी नेपालको कुनै एक स्थानमा रहेको सूचना प्रहरीमा पुग्यो। सूचनालाई पछ्याउदै प्रहरी त्यो स्थानमा पुग्नुभन्दा पहिले नै उनीहरूसम्म त्यहाँबाट अन्यत्र लागिसकेका थिए। 'बिप्लव समुह सोचेभन्दा पनि चलाख रहेछ', प्रहरीका एक उच्च अधिकारीले भने, 'हामीले सामान्य रुपमा हेरेका थियौ, तर होइन, विप्लव समुह धरै अगाडि बढिसकेको देखिन्छ।'

  

बिप्लव समुहको सेना कति?

नेपालको सुरक्षा संयन्त्रको जासुसी निकायको रिपोर्टअुनसार बिप्लव समुहमा ३ हजार सक्रिय सेना छन्। प्रहरीले देशैभर पक्राउ गर्ने अप्रेशन चलाएयता सो समुहले तराईका सेना पहाडमा र पहाडका सेना तराईमा सरुवा गरेको छ भने नेताहरुलाई छरपस्ट रहन निर्देशन दिएको छ। त्यसमा एक बटालियन सेना तयार पारेको र सेनाको तालिम विभिन्न स्थानमा चलिरहेको सूचना प्रहरीसम्म आइपुगेको छ। स्रोतका अनुसार प्रचण्डबाट असुन्तुष्ट तत्कालिन जनमुक्ति सेनाका लडाकुहरु अहिले बिप्लव समुहमा प्रवेश गरेका छन्। अनमिनद्वारा अयोग्य घोषणा गरिएका जनमुक्ति सेनाहरु पार्टीबाट रुष्ट थिए। स्रोत भन्छ, 'अयोग्य भएको पीडा र बेरोजगार भएर बस्दा दिक्क भएका उनीहरु अहिले बिप्लव समुहका सेना भएका छन्।

 

एक सातायता प्रहरीले विप्लव समूहका उच्चनेता रहेको आशंकामा दर्जनौ स्थानमा छापा हानेको छ। उच्च अधिकारी भन्छन्- 'सूचना सही हुन्छ, गयो उनीहरु भागिसकेका हुन्छन्।'

विप्लव समूहको हातमा पछिल्लो समयमा सेना र प्रहरीसँग पनि नभएका हतियार पुगेका छन्। प्रहरी स्रोतले पनि यसको पुष्टि गरेको छ। एक उच्च प्रहरी अधिकृत भन्छन्- विप्लवसँग भएको हतियार सेना प्रहरीसँग पनि छैन।

विप्लवसँग पैसा, सेना र प्रविधि तीनैथोक छ। तत्कालीन माओवादीले क्यान्टोनमेन्ट छलेर राखेका हतियार अहिले बिप्लव माओबादीका हातमा पुगेका छन्।

एक प्रहरी अधिकारीका अनुसार सेना समायोजनका बेला क्यान्टोनमेन्ट बाहिर राखेका ६० प्रतिशत हतियार बिप्लवको पहुँचमा थिए।अहिले तिनै हतियारको आडमा उनी सरकारलाई धम्की दिने अवस्थामा पुगेका हुन्।

यस बीचमा उनले अत्याधुनिक हतियार भित्र्याएको पनि सुरक्षा अधिकारहरुले सूचना पाएका छन्।

यसअघि सुर्खेतमा भएको एउटा अन्तर्क्रिया कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले विप्लव समूहप्रति लक्षित गर्दै सेना समायोजनको बेला एउटा समूह हतियार लिएर अस्थायी शिविरबाट बाहिरिएको बताएका थिए।

तत्कालिक माओवादी लडाकुका डेपुटी कमाण्डरसमेत रहेका उनले अस्थायी शिविरबाट कति हतियार बाहिरिए भन्ने प्रस्ट खुलाएनन्। तर, एउटा समूहले हतियार लिएर हिँडेको भने उनले स्वीकारे।

‘मेरै नेतृत्वमा सेना समायोजनको कार्य भइरहेको थियो,’ मन्त्री खनालले भने, ‘नेपाली सेना आउँछ, सहकार्य गरेर जानुपर्छ हामीले भन्दाभन्दै त्यतिबेलै एउटा समूहले क्यान्टोन्मेन्टमा आगजनी गर्दै हतियार लिएर बाहिएको थियो।’

यसो त प्रहरीले यसअघि धरानमा बरामद गरेको नेपाली सेनाले बोक्ने हतियार, कपिलवस्तुमा प्रहरीले बरामद गरेको मेसिनगन र देशका विभिन्न स्थानबाट बरामद भएका हतियारले पनि विप्लव समेह पावरफुल भइसकेको देखिन्छ।

यो पनि हेर्नुहोस्

बिएल विश्लेषण: सरकारकै कमजोरीले बिप्लव समुह बलियो

सरकार हैन ‘केपी एड बादल कम्पनी’ हो, आफैं पत्तासाफ हुन्छः बिप्लव

बिप्लव समूहले भन्यो- युद्व गर्न तयार छौं, देशभरका सुरक्षाकर्मी हाईअलर्टमा

कसरी चलाउँछन् विप्लबले पैसा असुल्ने धन्दा (पत्रसहित)

प्रकाशित मिति: : 2019-03-18 23:40:56

प्रतिकृया दिनुहोस्