नयाँदिल्लीको रानी झाँसीमा आगलागी, ३२ जनाको मृत्यु

तस्बिर:एजेन्सी

भारतको नयाँदिल्लीको रानी झाँसीस्थित एक गोदाममा आगलागी हुँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ।

भारतीय मिडियाहरुका अनुसार आइतबार बिहान करिब साढे ५ बजेतिर भएको आगलागी ३२ जनाको शव प्राप्त भएको र धेरैजसोको मृत्यु धुँवामा निसास्एिर भएको उल्लेख गरेका छन्।

आगलागीको कारण खुलेको छैन । त्यहाँ कागज र कार्टुन उत्पादनको उद्योगसमेत रहेकाले आगो छिट्टै फैलिएको थियो आगोका कारण नजिकका तीन घरसमेत जलेका छन्।

दिल्लीको दमकल विभागका मुख्य अधिकारी अतुल गर्गका अनुसार ५० जनाभन्दा बढीको उद्धार गरिएको छ।

उद्धार कार्यमा ढिलाइ हुँदा मृतकको संख्या बढेको बताइएको छ। साँघुरा गल्लीका कारण दमकल प्रवेश गर्न नसक्दा नजिकै अग्नि समन केन्द्र भए पनि आगो निभाउन समस्या भएको थियो।

आगो निभाउनका लागि ३० भन्दा बढी दमकल प्रयोग गरिएको छ।

प्रकाशित मिति: : 2019-12-08 10:34:50

प्रतिकृया दिनुहोस्