भारतको हैदराबादको एक बहुचर्तित बलात्कार काण्डका चार अभियुक्त प्रहरी कारबाहीमा मारिएका छन्। मारिनेमा मोहम्मद आरिफ, जोलू शिवा, जोलू नवीन र चिन्ताकुन्टा चेन्नाकेशवुलु रहेका छन्। मारिएका चारै जना ट्रक ड्राइभर हुन्। एक जनाको उमेर २६ वर्ष छ भने बाँकी तीनै जना २० वर्षभन्दा मुनिका छन्।
हैदराबादबाट ५० किलोमिटर टाढा रहेको महबुब नगर जिल्लाको चटनपल्ल गाउँमा उनीहरलाई 'इन्काउन्टर'मा मारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
तेलंगना प्रहरीका एडिजी जितेन्द्रका अनुसार शुक्रबार बिहानीपखको ३ बजे चार अभियुक्त प्रहरी कारबाहीमा मारिएको पुष्टि गरे।
यी चार अभियुक्तलाई लिएर बिहीबार राति प्रहरी घटना भएको भनिएको जंगलमा गएको थियो। जहाँ उनीहरुले बलात्कारपछि महिलालाई जलाएका थिए। ती महिला पशु डाक्टर हुन्।
जंगलमै प्रहरीमाथि अभियुक्तले हमला गर्न खोजेपछि भएको मुठभेडमा उनीहरुको मृत्यु भएको प्रहरीको दाबी छ। उनीहरु १४ दिनदेखि न्यायीक हिरासतमा थिए।
हैदराबादको २८ नम्बर क्षेत्रको एक टोलमा २६ वर्षीया डाक्टरको शव जलेको अवस्थामा फेला परेको थियो। पोस्टमार्टम रिपोर्टले ती युवतीको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो। बयानको क्रममा उनीहरुले रक्सी पिएर ती महिलालाई सात घण्टासम्म बलात्कार गरेको खुलेको थियो।
यस्तो छ बलात्कारको कहानी
२७ नोमेम्बर हैदराबादको एक टोल प्लाजामा २६ वर्षीया पशु चिकित्सक महिलाले आफ्नो स्टुकर पार्क गरिन्। र, आफ्नो काममा निस्किन्। फर्केर आउँदा उनको स्कुटर पन्चर भएको थियो। स्कुटर पन्चर भएपछि त्यही छाडेर उनी ट्याक्सीमा घर जाने निधो गरिन्। त्यसबेला रातको ९ बजिसकेको थियो। राति भएकाले डर लागेको भन्दै उनले आफ्नो बहिनीसँग फोनमा कुरा गरिन्।
त्यही बेला अचानक एक युवक उनको अगाडि आएर स्कुटर आफूले बनाइदिने बताए। फोनमै ती महिलाले आफ्नी बहिनीलाई यसबारे जानकारी गराइन्। त्यसपछि ती महिलाले बहिनीलाई केही समयपछि फोन गर्ने भन्दै फोन काटिन्।
केहीबरेमै ती पशु चिकित्सक महिलाको फोन स्वीच अफ भयो। महिलाको परिवार उक्त टोल प्लाजामा गएर सोधखोज गर्यो। तर, केही फेला परेन। महिला हराएको भन्दै प्रहरीको निवेदन समेत दिए।
२८ नोमेम्बर सुबह पुलिस स्टेशनको सेटमा बनाउँदै गरेको एक पुलको मुनि आधी जलेको अवस्थामा युवतीको शव फेला परेको सूचना आयो। त्यो शव अघिल्लो दिन हराएकी पशु चिकित्सककै हो भन्दै उनका परिवारले सनाखत गरेका थिए।