हङकङका सडकमा अमेरिकी झण्डा र ट्रम्पको जयजयकार

अमेरिकी राष्ट्रपतिको चिनियाभूमि हङकङमा जयजयकार । तस्बिर : एजेन्सी

हङकङको विषयलाई लिएर अमेरिका र चीन आम्नसाम्ने भएको बेला त्यहाँका आन्दोलनकारीहरूले अमेरिकी राष्ट्रपति ट्रम्पको पक्षमा प्रदर्शन गरेका छन्।

अमेरिकाका राष्ट्रपति ट्रम्पको तस्बिर र अमेरिकाको झण्डासहित प्रदर्शनीमा सहभागी भएकाहरूले अमेरिकाको पक्षमा नारावाजी गरेका छन्।

उनीहरूले 'धन्यवाद ट्रम्प' भन्दै नारा लगाए। उनीहरूको नारामा भनिएको थियो- 'धन्यवाद ट्रम्प, हङकङलाई तिमिले ठूलो उपहार दिएकोमा। र भगवानले अमेरिकालाई आर्शिवाद दिउन्।' 

'धन्यवाद ट्रम्प, हङकङलाई तिमिले ठूलो उपहार दिएकोमा। र भगवानले अमेरिकालाई आर्शिवाद दिउन्।' 

ट्रम्पले गत साता मात्रै चीनको कडा आपत्ती रहदारहदै पनि हङकङ आन्दोलनको विधेयकमा हस्ताक्षर गरेका थिए। ट्रम्पको सोही कदमप्रति कृतज्ञ रहेको भन्दै उनीहरुले अमेरिकाको पक्षमा नारा लगाएको बताएका छन्। उनीहरूले ट्रम्पले आफूहरूलाई स्वतन्त्र बनाएको बताएका छन्।

उता, हङकङको पक्षमा अमेरिकाले दिएको अभिव्यक्ति र चालेको कदमप्रति बेइजिङले भने कडा आपत्ति जनाएको छ। राष्ट्रपति ट्रम्पको यो पछिल्लो कदम चीनिया सम्प्रभुतामाथिको आक्रमण भएको बेइजिङले बताएको छ। 

प्रकाशित मिति: : 2019-12-02 01:04:51

प्रतिकृया दिनुहोस्