दिल्लीकाे कोठीमा बेचिन लागेका दुई नेपाली महिलाको उद्धार

बिएल

कामको प्रलोभन देखाएर नयाँदिल्ली ल्याइएकी दुई नेपाली महिलाको उद्धार गरिएको छ।

नयाँदिल्ली ल्याइकी काभ्रे घर भएकी २५ वर्षीय रिता (नाम परिवर्तन) र झापाकी २५ वर्षीय सविना (नाम परिवर्तन)लाई कोठीमा बेच्दै गरेको अवस्थामा उद्धार गरिएको माइती भारत ट्रष्टकी सिता अधिकारीले जानकारी दिइन्।

नयाँदिल्ली ल्याइएकी ती महिलालाई माइतीको प्रयास र नेपाली दूतावास, भारतीय प्रहरी, नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष तथा समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा उद्धार गर्न सफल भएको हो।

रितालाई काठमाडौंबाट राम्रो काम दिने र सविनालाई वीरगञ्जबाट मितेनी साइनो लगाइ राम्रो काम र तलब दिने प्रलोभनमा यहाँसम्म ल्याएको माइती भारतले जानकारी दिएको छ। दुबै जनालाई नेपाल फर्काउने तयारी थालिएको स्रोतले बतायो।

प्रकाशित मिति: : 2019-11-25 11:49:43

प्रतिकृया दिनुहोस्