बेइजिङमा राष्ट्रपति सि र आइएमएफका प्रवन्ध निर्देशकबीच भेट

तस्बिरः एजेन्सी

चिनियाँ राष्ट्रपति सि चिनफिङ र अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जियभाबीच शुक्रबार चिनियाँ राजधानी बेइजिङमा भेटवार्ता भएको छ। हाल चीन भ्रमणमा रहेका प्रबन्ध निर्देशक जर्जियभा र राष्ट्रपति चिनफिङबीच शुक्रबार बिहान बेइजिङमा भेट भएको बताइएको छ।

त्यस अवसरमा राष्ट्रपति सिले प्रबन्ध निर्देशक जर्जियभाले चीनको पहिलो पटक भ्रमण गर्नुभएको भन्दै स्वागत गरेका हुन्। त्यस अवसरमा चिनियाँ राष्ट्रपति सिले हाल संसारमा आर्थिक वृद्धिमा कमी आइरहेको बताउँदै यसका कारक तत्वका रुपमा रहेका विभिन्न अवस्था र कारणहरुको विश्वले एक भएर सामना गर्नुपर्ने बताए।

विश्वमा हाल वहुराष्ट्रिय विकास र स्वतन्त्र व्यापारका क्षेत्रमा चुनौतीहरु थपिएका छन् भन्दै यसबाट संसारका देशहरुले बुझ्नुपर्ने धारणा राखेको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ। त्यसैले विश्वका देशहरुले यस्तो अवस्थामा अन्तर्राष्ट्रिय मुद्रा कोषको महत्वपूर्ण भूमिकाको अपेक्षा गरिरहेको धारणा राष्ट्रपति चिनफिङले व्यक्त गर्नुभएको पनि सो समाचारमा जनाइएको छ।

प्रकाशित मिति: : 2019-11-22 14:42:25

प्रतिकृया दिनुहोस्