श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजिनामाको घोषणा

तस्बिरः एजेन्सी

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले बुधबार पदबाट राजिनाको घोषणा गरेका छन्। प्रधानमन्त्रीको समर्थन रहेका सजित प्रेमादासाले राष्ट्रपतिका उम्मेदवारको निर्वाचनमा पराजयको केही दिनपछि विक्रमासिङ्घेले राजिनामा दिएका हुन्।

श्रीलङ्का सरकारको सूचना विभागले दिएको जानकारी अनुसार प्रधानमन्त्रीले छिट्टै नै नवनिर्वाचित राष्ट्रपति गोतावाय राजापाक्षलाई पत्र लेखी पदबाट राजिनामा दिएको जानकारी गराउनेछन्।

विभागले गोतावाय राजापाक्षलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्दै राजिनामाको घोषणा गरेका हुन्।

गत शनिबार सम्पन्न निर्वाचनमा राजापाक्षले ६० लाखभन्दा बढी मत ल्याई राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो भने उनका प्रतिस्पर्धी प्रेमादासाले ५० लाखभन्दा बढी मत प्राप्त गरेका थिए।

विक्रमासिङ्गेको राजिनामापछि राजापाक्षले यसै हप्ताभित्र कामचलाउ सरकारको गठन गर्ने बताइएको छ।

प्रकाशित मिति: : 2019-11-20 23:14:07

प्रतिकृया दिनुहोस्