नेपालको राजधानी काठमाडौंमा आज ठूलो पानी पर्ने संभावना नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विभागका अनुसार पूर्व र मध्यक्षेत्रमा सामान्य मौसम बदली हुने र पश्चिमका केही भूभागमा वर्षा हुने अनुमान गरिएको छ ।
काठमाडौँ उपत्यकामा गए राति २.४ मिलिलिटर वर्षा भएको थियो ।
अबको दुई तीन दिन देशका कुनै पनि भूभागमा बाढी पहिरो जानेगरी ठूलो पानी पर्ने सम्भावना पनि नदेखिएको विभागले जनाएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन देशको मध्य र पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदलिीतथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदलि रहने जनाएको छ। पूर्व र मध्य क्षेत्रका धेरै स्थानका साथै पश्चिमका थोरै स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ ।