काठमाडौंमा पहिलोपटक भेला भए नेपालका वाणिज्यदूतहरू

काठमाडौंमा पहिलोपटक आयोजित नेपालका वाणिज्यदूत भेलामा सहभागीहरू । तस्बिर सौजन्य : परराष्ट्र मन्त्रालय

नेपालले विभिन्न मुलुकका लागि नियुक्त गरेका महावाणिज्यदूत/वाणिज्यदूतको पहिलो भेला काठमाडौंमा आयोजना गरिएको छ । परराष्ट्र मन्त्रालयले आर्थिक कूटनीतिका लागि पहिल गर्न र नेपाल भ्रमण वर्ष २०२० मा केन्द्रित भएर पर्यटन प्रवर्द्धन गर्नका लागि निर्देशन दिन भेला आयोजना गरेको बताइएको छ । भेलामा आशातित संख्यामा सहभागिता नभएको पाइएको छ ।

नेपालको द्विपक्षीय सम्बन्ध भएका विभिन्न मुलुकमा नियुक्त गरेका अवैतनिक महावाणिज्यदूत/वाणिज्यदूत र सरकारी नियोगमा रहेका वैतनिक महावाणिज्यदूत/वाणिज्यदूतको भेला काठमाडौंमा आयोजना गरिएको छ । 

परराष्ट्र मन्त्रालयले पहिलोपटक आयोजना गरेको भेला आर्थिक कूटनीतिलाई कसरी अगाडि बढाउने भन्ने बारेमा छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

भेलालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा लगानी भित्र्याउने वातवरण बनाउन तथा नेपाल भ्रमण वर्ष २०२० मा केन्द्रित भएर पर्यटन प्रवद्र्धन गर्न निर्देशन दिएको बताइएको छ । उनले परराष्ट्र मन्त्रालयले नेपालको आर्थिक कुटनीति बढाउन पहल गर्न पहिलोपटक वाणिज्यदूतहरूको भेला आयोजना गरेको पनि बताएका थिए ।

नेपालका भारतको कोलकाता, चीनका ल्हासा, ग्वान्झाओ र विशेष प्रशासनिक क्षेत्र हङकङ तथा अमेरिकाको न्यूयोर्क, साउदी अरेबियाको जेद्दामा नेपाली महावाणिज्य दूतावास रहेका छन्। यस अतिरिक्त द्विपक्षीय सम्बन्ध रहेका विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपाली र स्थानीय व्यक्तिलाई समेत ठूलो संख्यामा महावाणिज्यदूत/वाणिज्यदूत नियुक्त गरिएको छ । 

अमेरिकामा मात्र १० जना अवैतनिक महावाणिज्यदूत/वाणिज्यदुत् र एक एकजना वैतनिक महावाणिज्यदूत र वाणिज्यदूत रहेका छन् । अमेरिकामा नेपालीमूलका दुईजना अवैतनिक महावाणिज्यदूत र एकजना अवैतनिक वाणिज्यदूत छन् । भेलामा महावाणिज्यदूत ऋषि ढकाल र आङछिरिङ शर्पा सहभागी भएका थिए भने महावाणिज्यदूत प्रेमराजा महत भने सहभागी थिएनन् ।

भेलामा सिमीत संख्यामा मात्र महावाणिज्यदूत/वाणिज्यदुत सहभागी भएको बताइएको छ ।  

 

प्रकाशित मिति: : 2019-06-27 00:24:35

प्रतिकृया दिनुहोस्