दयाहाङ अनुभूति - ‘म त आफ्नै घरको पाहुना पो रहेछु’

मनोज न्यौपाने

बुबा-आमाको माया र साथ सन्तानका लागि कति अपरिहार्य हुन्छ, त्यसको लेखाजोखा जति नै गरेपनि अपुग हुन्छ। तर, प्रविधिको बढ्दो प्रयोग, शहरीकरण, कार्यव्यस्ततालगायत विषयले दिनप्रतिदिन सन्तानसँग अभिभावकको सम्बन्ध पातलिँदैछ।

पारिवारिक सदस्यबीचको आत्मियताको जुइँनो खुकुलो बन्दै गएको छ। परिवारभन्दा टाढाको अफिस, जिम्मेवारी, पारिवार बाहिरका सदस्यसँगको हेलमेलले आफ्नै सन्तान आजकाल पराई बन्न पुगेका छन्।

यस्तै परिस्थितिका एक पात्र हुन् अभिनेता दयाहाङ राई। अभिनयका लागि अधिकांस समय घरबाहिर रहने उनी चाहेर पनि आफ्नो परिवार र सन्तानका लागि पर्याप्त समय छुट्टाउन सक्दैनन्।

रंगमञ्च हुँदै ठूलो पर्दामा भित्रिएका राईले हालसम्म ३ दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्। अभिनयबाटै नाम कमाए, दाम कमाए। तर, परिवारलाई पर्याप्त समय दिन नसकेकोप्रति उनको आफैंमाथि गुनासो छ।

प्रकाशित मिति: : 2019-06-25 13:10:14

प्रतिकृया दिनुहोस्