भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पुलवामामा भएको आतङ्कवादी आक्रमणलाई प्रधानमन्त्री नरेन्द्र मोदीले अति राजनीतिकरण गरेको आरोप लगाएका छन्।
भारतको कंग्रामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गान्धीले प्रधानमन्त्री मोदीले राजनीतिकरण गरेको आरोप लगाएका हुन्।
‘हामीले त्यसलाई कुनै राजनीतिकरण गरेका छैनौँ, घटना लगत्तै हामीले पत्रकार सम्मेलन नै गरेर यस विषयमा सुरक्षा निकाय र सरकारलाई सहयोग गर्ने बताएका थियौँ, तर दुर्भाग्य सरकारले भने त्यस विषयलाई राजनीतिकरण गर्यो,’ गान्धीले भने।
During Pulwama attack, Adani got contract for 5 airports. They are dividing the nation. One where few industrialists benefit and in return help in Mr. Modi's marketing and whereas the other gets only Mr. Modi's lies: Congress President @RahulGandhi#राहुल_गांधी_की_लहर pic.twitter.com/ISwCDVhjpg
— Congress (@INCIndia) March 7, 2019
उनले प्रतिपक्षी दल कांग्रेस र अन्य दलहरुले सरकारप्रति देखाएको ऐक्वबद्धतालाई सरकारले दुरुपयोग गरेको टिप्पणी पनि गरे।
आउँदो आम निर्वाचनलाई लक्षित गरेर आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उनले देशका लागि जीवन अर्पण गरेका आफ्नो पार्टीका नेताहरु देशका लागि सहिद बन्न पनि तयार रहेको बताए।