नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामा फेरि एकपटक सत्ता कोपभाजनको शिकार भएका छन् । उनले गुठी विधेयकका बारेमा लेखेको फेसबुक स्टाटसका बारण उनी जापान जाने भ्रमणदलको सदस्यबाट हटाइएका छन् ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले क्याप्टेन लामालाई भ्रमण टोलीबाट हटाएका हुन् ।
आगामी भदौ १२ देखि जापानको ओासाका उडानको तयारीका क्रममा निगमका अध्यक्ष खरेल, वाणिज्य विभागका निर्देशक टंकनिधि दाहाल र पाइलट लामालाई सोमबार जापान जाने कार्यक्रम तय भएको थियो ।
तीनैजनाको होटल र टिकटसमेत बुकिङ भइसकेको थियो । तर, अन्तिम अवस्थामा आएर उनको नाम हटाइएको छ ।
गुठी विधेयकका बारेमा लामाको फेसबुक स्टाटस
गुठी बिधेयकले तताएको छ नेपाल! यो बिधेयकले प्रश्न उठाएको छ सरकारको काम, कदम र ब्यवहार माथी! नेवार समुदाय मात्र नभएर सम्पुर्ण अन्य समुदायहरुलाइ पनि आतन्कित बनाउन थाली सकेको छ केही समय देखि यो सरकारको काम गतिबिधीले!
२/३ को सरकार हो भनेर जनतालाई पेलेर जान्छौ अनि पेल्नै पर्छ भन्ने सोचका साथ अघि बडेको त होइन? त्यस्तो चाहिँ नहोस पनि किनकी जुन दिन नेपाली जनताले सडकमा उत्रेर एक स्वोरमा बिरोध गर्छन त्यति बेला इन्द्रको बाउ चन्द्रले पनि बचाउन सक्दैन कसैलाइ!
नेवा समुदाय र अन्य समुदाय ज जस्ले नेपालको कला संस्कृति र सम्पदालाई सम्हालेर/समरक्षण गरि राखेका छन, ...वहाहरुलाइ हामी सबैको साथ छ! काधमा काध, हातमा हात, एक सोच अनि एक आवाजका साथ निरन्तर साथ दिने छौ! तपाइहरु एक्लो हुनुहुन्न, सम्पुर्ण नेपाली परिवार तपाइहरुको साथमा छ!
त्यसैले फिर्ता लिउ, खारिज गर यो गुठी बिधेयक यदि कला, सम्पदा र संस्कृतिको जगेर्णा गरेर राख्ने हो भने! देशमा शान्ति ल्याउने हो भने!
जय चन्द्र सुर्य!!