सरकारले पर्वतारोहणसम्बन्धमा देखिएका पछिल्ला समस्याको नीतिगत अध्ययन गरी सुझाव दिनका लागि पाँचसदस्यीय अध्ययन तथा सुझाव समिति गठन गरेको छ ।पछिल्लो समय सगरमाथा आरोहीहरूको मृत्युसँग सम्बन्धित विषयमा प्रभावशाली विदेशी सञ्चारमाध्यमहरूले चर्को स्वरमा कुरा उठाएपछि सरकारले यस्तो निर्णय गरेको हो ।
पर्यटन मन्त्रालयको समेत कार्यभार सम्हालिरहेका प्रधामन्त्री के पी शर्मा ओलीको ठाडो प्रस्तावमा जेठ २४ गते बसेको मन्त्रिपरिषदको बैठकमा यस्तो निर्णय भएको हो ।
पाँच सदस्यीय अध्ययन तथा सुझाव समितिको संयोजकमा पर्यटन मन्त्रालयका सहसचिव रहने छन् भने सदस्यहरूमा पर्यटन बिभागको महानिर्देशक, नेपाल पर्वतारोहण संघका अध्यक्ष र टानका अध्यक्ष रहने छन् । पर्टन विभागको र होटल तथा पर्वतारोहण शाखाका प्रमुख सदस्य सचिब रहने छन् ।
समितिले खासखरी पर्वतारोहीको मृत्यु र हराइरहेको अवस्थाको अध्ययन गर्नेछ । यससँगै नीतिगत, कानुनी, संरचनागत र कार्यबिधिगत समस्याहरूको विस्तृत अध्ययन गरी सुझाव पनि दिने छ ।
समितिलाई ४५ दिनको म्याद दिइएको छ ।