भारतमा आँधी-तुफान र चट्याङ: मर्नेको संख्या २६ पुग्यो

भारतको प्रतिकुल मौसम । तस्बिर : पीटीआई

भारतको उत्तर तथा मध्यप्रदेशमा शुक्रवार आएको आँधी-तूफानको प्रभाववाट मर्नेको संख्या २६ पुगेको छ ।

बिभिन्न ठाउँमा बिजुलीको पोल तथा रुख ढल्दा र चट्याङबाट उनीहरूको मृत्यु भएको प्रदेश सरकारहरूलाई उदृत गर्दै भारतीय समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इण्डिया (पीटीआई) ले जनाएको छ । यसैगरी कम्तीमा ५७ जना घाइते भएको पनि समाचारमा जनाइएको छ ।

भारतीय मौषम बिभागले शनिवारदेखि मंगलवारसम्म उत्तर प्रदेश, मध्यप्रदेश, राजस्थान तथा महाराष्ट्रको विदर्भमा 'भीषण गर्मी' हुन सक्ने हुँदा स्थानियलाइ सजग रहन समेत आग्रह गरेको छ। 'शुक्रवार मध्यप्रदेश होशंगाबादमा ४६.८ डिग्री सेल्सियस रहन सक्ने छ', मौसम बिभागले जनाएको छ। हिमाचल प्रदेश, उत्तरप्रदेश, पश्चिम बंगाल, ओडिशा, बिहार तथा झारखंडको कयौ स्थानमा परेको वर्षाले केही राहत दिएको भएपनि वर्षा बढ्न सक्ने भएका कारण जनतालाइ सजग रहन सरकारले आग्रह गरेको छ।

प्रकाशित मिति: : 2019-06-08 01:55:25

प्रतिकृया दिनुहोस्