सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र कैलालीमा बितण्डा मच्चाएको हावाहुरी पूर्वतिर अघि बढेको छ ।
गृहमन्त्रालयको त्यसको पुष्टि गरेको छ। मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले ट्विट गर्दै हावाहुरी विस्तारै पूर्वतिर बढ्दै गएकोले सकेसम्म सर्तकता अपनाई क्षित हुनबाट जोगिन आग्रह गरेको छ ।
हावाहुरी अहिले बर्दिया र दाङ तर्फ पनि बढ्दै पूर्व पूर्व बढ्ने क्रममा छ । सकेसम्म सतर्कता अपनाइ क्षती हुनबाट जोगियौँ ।
— NEOC, MoHA Nepal (@NEOCOfficial) June 6, 2019
यसअघि हावाहुरीले कञ्चनपुर र कैलाली जिल्लामा वितण्डा मच्चाउँदा कम्तिमा एकजनाको निधन भएको छ भने ७५ जना घाइते भएका छन्। निधन हुनेम कैलाली, गोदावरी नगरपालिकाका वीरबहादुर चौधरीको भएको बताइएको छ।
घाइतेहरूको स्थानीय सेती अञ्चल अस्पताल, पद्मा अस्पताल र निसर्ग अस्पतालमा उपचार भैरहेको छ ।
हावाहुरीबाट बढी प्रभावित भएको कैलालीका जिल्लाका धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा सयौंका घरका छाना उडाएको बताइएको छ।