विश्वकपको पहिलो खेलमा भारतले दक्षिण अफ्रिकाको सामना गर्दै

तस्बिरः एजेन्सी

इंग्याल्याण्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा भारतले आज दक्षिण अफ्रिकाविरूद्ध खेल्दै प्रतियोगिताको सुरूवात गर्दैछ।

उपाधिको प्रमुख दाबेदारसमेत रहेको भारतले दक्षिण अफ्रिकासँग खेल्दै प्रतियोगितामा सुखद सुरूवात गर्न चाहन्छ। खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि साउथह्याम्पटनमा सुरु हुनेछ। यता प्रतियोगितामा दुई खेल खेलिसकेको दक्षिण अफ्रिकाले पहिलो खेलमा इंग्ल्यान्डसँग १ सय ४ र बंगलादेशसँग २१ रनले पराजित हुँदा पहिलो जितको खोजिमा हुनेछ।

हेड टु हेडमा भारतभन्दा धेरै अगाडि रहेको अफ्रिकाले हालसम्म वान डे खेलमा भारतविरूद्ध खेलेका ८३ खेलमा ४६ जित निकाल्दा ३४ खेलमा पराजित भएको छ। ३ खेलको नतिजा विहीन छ।

भारत र दक्सिन अफ्रीकाले विश्वकप क्रिकेटमा हालसम्म ४ खेल खेलेका छन् जसमा भारतले १ खेल मात्र जित्दा दक्षिण अफ्रीकाले ३ खेल जितेको छ। २०१५ को विश्वकपमा भारतले दक्षिण अफ्रीकालाई १३० रनले पराजित गरेको थियो। दक्षिण अफ्रिकाले ४ मध्ये सन् १९९२ मा ६ विकेटको, सन् १९९९ मा ४ विकेटको तथा सन् २०११ मा ३ विकेटको जित निकालेको थियो।

तर पछिल्लो समय राम्रो लयमा रहेको भारतमाथि जित निकाल्न चोटबाट जुधिरहेको अफ्रिकालाई ठूलो चुनौती हुनेछ।

उसका लुन्गी निडी चोटका कारण आजको खेलमा उपलब्ध हुने छैनन्। डेल स्टेनले प्रतियोगितानै गुमाएका छन्।

उत्कृष्ट लयमा रहेका तीब्र गतिका युवा बलर कागिसो रबाडा, अनुभवी स्पिनर इमरान ताहिर, कप्तान फाफ डु प्लेसिस, ओपनर क्विन्टन डी कक, एडेन मार्कराम र रस्सी भान डर दुसेनको उत्कृष्ट प्रर्दशनमा दक्षिण अफ्रिकाले भारतमाथि जित निकाल्न सक्छन्।

यता राम्रो लयमा रहेको टोलीको नेतृत्व गरेका कप्तान कोहलीमाथि अरबौं भारतीय जनताको आशा र भरोसा छ। साउथह्याम्पयनको पिच ‘फ्ल्याट’ हुने सम्भावना भएकाले दक्षिण अफ्रिकी ब्याट्सम्यान स्पिन बलमा कमजोर भएका कारण भारतले कुलदीप यादव र युजभेन्द्र चहललाई पहिलो रोजाईमा राख्नसक्छ।

भारतीय टोलीमा केही खेलाडी यस्ता छन्, जसले एक्लै जुनसुकै बेला खेलको नतिजा उल्टाउन सक्ने क्षमता राख्छन्।

अलराउन्डर हार्दिक पान्ड्या, अनुभवी विकेटकिपर महेन्द्रसिंह धोनी, कप्तान विराट कोहनी, तीव्र गतिका बलर जसप्रित बुमराह र ओपनर रोहित शर्माको उत्कृष्ट प्रर्दशनमा भारतले सहज जित हात पार्न सक्छ।

विश्वकपमा सहभागी १० मध्ये ५ टोलीले दुई खेल खेलिसक्दा ४ टोलीले १ खेल खेलिसकेको अवस्थामा भारतले पहिलो खेल खेल्दैछ।

त्यसकारण भारतले प्रशस्त आराम पाएको छ। प्रतियोगिताको पहिलो खेल जहिले पनि महत्वपूर्ण हुन्छ। भारत पहिलो खेल जित्दै प्रतियोगिताको उपाधिमा आफ्नो दाबेदारी प्रस्तुत गर्न चाहन्छ।

खेल अघि भारतीय कप्तान बिराट कोहलीले पत्रकार सम्मेलनमा आफ्नो टिम सन्तुलित रहेको बताएका छन्। ‘हामी केही दिनअघि देखि साउथयाम्पटनमा अभ्यास गरिरहेका छौँ त्यसैले यहाँ पहिलेदेखि रहनुको फाइदा मिल्नेछ। यहाँको परिस्थितिको हिसाबले हामीसँग सन्तुलित टिम छ,’ उनले भने।

विश्वकप खेल्ने भारतको पूर्ण टोली :

विराट कोहली (कप्तान), के एल राहुल, केदार जाधव, कुलदिप यादव, हार्दिक पान्ड्या, रोहित शर्मा(उप कप्तान), विजय शंकर, दिनेश कार्तिक, भुवनेश्वर कुमार, रविन्द्र जडेजा, शिखर धवन, महेन्द्र सिंह धोनी(विकेटकीपर), युजभेन्द्र चाहल, जसप्रित बुमराह, मोहम्मद शामी ।

विश्वकप खेल्ने अफ्रिका पूर्ण टोली :

फाफ डु प्लेसिस (कप्तान), हसिम अमला, क्विन्टन डी कक(विकेटकीपर), जेपी ड्युमिनी, एडेन मार्कराम, डेविड मिलर, लुन्गी निडी, क्रिस मोरिस, एन्डिले फेलुक्वायो, ड्वेन प्रिटोरियस, कागिसो रबाडा, तबरेज शम्सी, इमरान ताहिर, बेयूरन हेन्डिक्स, रस्सि भान डर दुसेन ।

 

प्रकाशित मिति: : 2019-06-05 12:29:38

प्रतिकृया दिनुहोस्