इंग्ल्याण्ड र वेल्समा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले अष्ट्रेलियालाई २०८ रनको लक्ष्य दिएको छ।
इंग्ल्याण्डको ब्रिस्टोलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरको खेलमा ३८ ओभर २ बलमा अलआउट हुँदै २०७ रन बनाएको हो।
उसका लागि नाजिबउल्लाह जाड्रनले अर्धसतकीय पारी खेले।४९ बल खेलेका उनले ७ चौका र २ छक्कासहित ५१ रन बनाए।
यस्तै रहमत साहले ४३ तथा कप्तान गुल्बदीन नाइबले ३१ रन बनाउँदा राशिद खानले २७ रन जोडे।
अष्ट्रेलियाका लागि एडम जाम्पा र पाट कुमिन्सले समान ३/३ विकेट लिँदा मार्कुस स्टोनिसले २ विकेट लिए।
Afghanistan set a target of 208 runs for ٬@CricketAus . @iamnajibzadran top-scored with 51 runs while @RahmatShah_08 and @rashidkhan_19 contributed with 43 and 27 runs respectively. Australia's @patcummins30 and Adam Zampa took three wickets each. #AFGvAUS #CWC19 #AfghanAtalan pic.twitter.com/ZEKT8egig1
— Afghanistan Cricket Board (@ACBofficials) June 1, 2019