भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली नयाँ दिल्ली प्रस्थान गरेका छन्। ओली नेतृत्वको १० सदस्यीय टोली नेपाल वायुसेवा निगमको ए ३३०–२०० वाइडबडी जहाजमार्फत् दिउँसो नयाँदिल्ली प्रस्थान गरेको हो।
भारतीय प्रधानमन्त्री मोदीले बिमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखलाई आफ्नो सपथ कार्यक्रममा बोलाएका छन्। मोदी पहिलोपटक भारतको प्रधानमन्त्री हुँदा भने सार्क सदस्य राष्ट्रका सरकार प्रमुखलाई आफ्नो सपथ कार्यक्रममा निमन्त्रणा गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ ७ बजे हैदारावाद हाउसमा हुने मोदीको सपथ कार्यक्रममा सहभागी हुनेछन्।
त्यस्तै, भोलि शुक्रबार प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ।