भारतका प्रधानमन्त्री मोदीको सपथ ग्रहणमा नेपालका प्रधानमन्त्री ओली

ओली मोदी साथसाथ : दोस्तीको अनुपम नमुना । फाइल तस्बिर

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यही मे ३० तारिख विहिबार आयोजना हुने सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री के पी शर्मा ओली पनि सहभागी हुने भएका छन्। 

समारोहमा सहभागी हुन निम्ता पाएका प्रधानमन्त्री ओली मे ३० को विहान नयाँदिल्ली जाने योजना बनाइएको छ।उनी साँझ शपथ समारोहमा सहभागी हुने र भोलिपल्ट राष्ट्रपति रामनाथ कोविंन्दलाई भेटेर नेपाल फर्कने बताइएको छ। 

भारतमा भर्खरै सम्पन्न लोकसभामा प्रचण्ड बहुमत पाएका ओलीले दोस्रो कार्यकालको सपथग्रहण समारोहमा बिमस्टेक राष्ट्रका सरकार प्रमुख तथा राष्ट्रप्रमुखहरुलाई निम्ता गरेका छन्। त्यही क्रममा प्रधानमन्त्री ओलीलाई पनि निम्ता आएको बताइएको छ। 

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो कार्यकालका लागि भारतीय प्रधाानमन्त्रीमा निर्वाचित नरेन्द्र मोदीको आगामी बिहीबार हुने शपथका लागि नयाँ दिल्ली जाने भएका छन्।

 

प्रकाशित मिति: : 2019-05-28 00:57:18

प्रतिकृया दिनुहोस्