विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने क्रममा सगरमाथा शिखर पुगेर फर्केको नेपाली टोली विरामी भएको छ।
हिउँको अत्यधिक चिसोपना 'फ्रस्टबाइट' लगायतका समस्या भएपछि टोलीका नेतृत्वकर्ता नापी विभागका उपसचिव खिमलाल गौतमसहित ३ जनालाई उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको छ। उनीहरुको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।
उनीहरू बुधबार बिहान ३ बजेर १५ मिनेटमा सगरमाथाको शिखरमा पुगी बिहिबार राजधानी फर्केका थिए।