रोनाल्डो भए 'प्लेयर अफ दि सिजन'

तस्बिरः एजेन्सी

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ए को ‘प्लेयर अफ द सिजन’ को उपाधि जितेका छन्।

युभेन्ट्सलाई सिरी ‘ए’को उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डो प्लेयर अफ दि सिजन बनेका हुन्।

महङ्गो मूल्यमा इटाली आएको पहिलो सिजन नै प्लेयर अफ दि सिजन चुनिएका रोनाल्डो स्पेनिस क्लब रियल मड्रिडबाट आएका हुन्। उनले यस सिजन २१ गोल गरेका थिए।

च्याम्पियन्स लिगमा भने उपाधि लक्ष्य सफल हुन नसकेको युभेन्टसले घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको थियो।

सिरी ए को अवार्डमध्य लिग च्याम्पियन युभेन्ट्सबाट रोनाल्डोले मात्र अवार्ड जितेका हुन् ।

ला लिगाको अवार्डहरु :

  • प्लेयर अफ द सिजन : क्रिस्टियानो रोनाल्डो (युभेन्ट्स)
  • उत्कृष्ट गोलरक्षक : सामिर हान्डानोभिच (इन्टर मिलान)
  • उत्कृष्ट डिफेन्डर – कालिडु कौलीबाली (नेपोली)
  • उत्कृष्ट मिडफिल्डर – सर्गे मिलिन्कोभिच-साभिच (लाजियो)
  • उत्कृष्ट फरवार्ड – फाबियो क्वाग्लीआरेल्ला (साम्पडोरिया)
  • उत्कृष्ट युवा खेलाडी – निकोलो जानिओलो (रोमा)

 

प्रकाशित मिति: : 2019-05-19 09:21:03

प्रतिकृया दिनुहोस्