पोखरा । गण्डकी प्रदेश सरकारको ४० करोड रुपैयाँ बजेटको मोडेल कृषि फार्म कार्यक्रम विवादित बनेको छ । सत्तारुढ दलकै सांसदहरुले यो कार्यक्रमको खारेजी गर्न माग गरेका छन् भने मन्त्रालयले कार्यविधी नै संशोधन गरेर दोब्बर फार्महरुलाई अनुदान दिएको छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा नै युवालाई कृषिमा आकर्षित गर्ने तथा कृषिको व्यावसायिकीकरण तथा उद्यमशीलता विकासका लागि भन्दै नमुना फार्म कार्यक्रम ल्याएको थियो । यो कार्यक्रममार्फत युवालाई कृषिमा सहभागी गराई स्वरोजगारी अभिवृद्धि गर्ने लक्ष्य सरकारले राखेको थियो ।