पाकिस्ताविरुद्वको तेस्रो वन डे क्रिकेटमा ईङ्ल्याण्ड ६ विकेटले विजयी भएको छ। ३ सय ५८ रनको लक्ष्य पछ्याएको घरेलु टोली ईङ्ल्याण्डले मात्र ४ विकेट गुमाएर ३१ बल अगावै पुरा गर्यो।
इंल्याण्डको जितमा जोनी बेयरस्टोले १ सय २८ रनको शतकिय ईनिङ्स खेल्दा जासन रोयले ७६ रन बनाएका थिए। जोए रुट ४३ र वेन स्टोक्सले ३७ रन बनाए । मोइन अली ४६ र इयान मोर्गान १७ रनमा नटआउट रहे ।
पाकिस्तानका लागि जुनदै खान, फहिम असरार्फ र इमाद वासिमले समान १ विकेट हात पारे ।
त्यसअघि ब्रिस्टलमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ५८ रन बनाएको थियो।
पाकिस्तानका लागि ओपनर इमाम उल हकले आफ्नो ओडीआई करियरकै उत्कृष्ट तथा छैठौं शतक प्रहार गर्दै १ सय ५१ रनको योगदान दिए। उनले १ सय ३१ बलमा १६ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै आशिफ अलीले ४३ बलमा ३ छक्का र २ चौका सहित ५२, ह्यारिस सोहेल ४१, बाबर आजम १५, फखार जमान २,सरफराज अहमिद २७ रनमा आउट भए । ईमाद वासिम २२,फहिम असरार्फ १३ रनमा आउट हुँदा हसन अली १८ रनमा अविजित रहे । हसनले ९ बलमा २ छक्का र १ चौका प्रहार गरे ।
इंग्ल्यान्डका क्रिस वोक्सले ४ विकेट लिँदा टम करनले २ र डेविड विल्ली र लियाम प्लन्केटले समा १-१ विकेट लिए।
यसअघि पहिलो खेल वर्षाको कारण रद्ध हुँदा दोस्रो खेलमा इंग्ल्यान्ड १२ रनले विजयी भएको थियो। सिरिजमा इंग्ल्यान्डले २-० को अग्रता कायम गरेको छ । चौथो खेल आगामी शुक्रबार हुनेछ।