नेपालले पायो पहिलो करोडपति : विराटनगरका राजिवले मन पनि जिते, धन पनि जिते

नेपालमा सञ्चालित टेलिभिजन रियालिटी शो 'को बन्छ करोडपति'ले पहिलो करोडपति बिजेता पाएको छ।

खेल बिचैमा छोडेर नजाने वाचा गरेका विराटनगरका राजिव जैनले उनले भनेजस्तै १ करोड जितेर मात्र खेल टुंग्याए। 

एपी वान टेलिभिजनमा आइतबार राति प्रसारित 'को बन्छ करोडपति'को ४२ औ अंकको  १५औं प्रश्न थियो- २००७ सालको प्रजातन्त्रपछिको पहिलो ऐतिहाँसिक चुनाव कहिले घोषणा भएको थियो ? उनले यसको जवाफ भने- वि.सं २०१४ माघ १९। यही सही उत्तरले जैनलाई  एक करोड जिताएको हो।  

नेपालका भेट्रन अभिनेता राजेश हमालले सञ्चालन गर्दै आएको 'को बन्द करोडपति'मा एक करोड जित्ने जैन पहिलो प्रतियोगी हुन्। 

जैनले सुरूदेखि नै च्याम्पियनजस्तै लोभलाग्दो खेलेका थिए। उनको सामान्य ज्ञान, अनुभव र हरेक प्रश्नको उत्तर छान्नका लागि दिइने तर्क पनि दमदार थियो। यसअघि ४१औं अंकसम्म आइपुग्दा धेरै जित्नेले छ लाख ५० हजार मात्र जितेका थिए। ती अंकका सहभागी हेर्दा नेपाली सहभागिताको ज्ञानको सीमा टिठलाग्दो थियो र को बन्छ करोडपति ? कार्यक्रमले खासै टीआरपी बटुलेको थिएन।

 शो पूरा भाग 

 

प्रकाशित मिति: : 2019-05-13 02:03:58

प्रतिकृया दिनुहोस्