प्रधानमन्त्रीकी छोरीको हातमा बल्ल पुग्यो पुस्तक

बैशाख २८, २०७६ मुगु : 

गाउँघरमा प्रधानमन्त्रीकी छोरी भनेर चिनिने मुगुमकाम रोगं गाउँपालिका माग्री गाउँकी ८ वर्षीया ठिल्लेसाङमू लामाले शैक्षिक सत्र शुरुभएको तीन सातापछि  पुस्तक पाएकी छन। प्रधानमन्त्रीकी छोरीले पस्तक पाइनन्, पुस्तकबिना बिद्यालय जान्छिन भन्ने  समाचार थाहा खबरमा प्रकाशित भएपछि विद्यालयमा भएको पुस्तकालयमा राखिएका कक्षा २ को पुस्तकसहित झोला उपलव्ध गराइएको हो।

गत वर्षको कर्णाली रारा पर्यटक वर्ष २०७५ को शुभारम्भसँगै विद्यार्थी भर्ना अभियानको शुरुवातका समयमा प्रधानमन्त्री केपी शर्मा ओली अभिभावकत्व ग्रहण गर्दै ठिल्लेसाङमु लाई विद्यालयमा भर्ना गराएका थिए। कक्षा १ मा प्रथम भई बैशाख २ गते बुद्ध माध्यमिक विद्यालयमा कक्षा २ मा भर्ना भएकी ठिल्लेसाङमुको हातमा किताब बल्ल एक महिनापछि किताब पुगेको छ। उनी कक्षा १ मा ८३ प्रतिशत अंक ल्याएर प्रथम बनेकी थिइन। उनी मात्र होइन प्रधानमन्त्री पत्नी राधिका शाक्यले भर्ना गराएकी छिरिङछोन्जुङ लामाले पनि पाठयपुस्तक र झोला पाएकी छन।

प्रकाशित मिति: : 2019-05-12 08:11:46

प्रतिकृया दिनुहोस्