सुँघ्ने क्षमता कम हुनु मृत्यु नजिकिएको संकेत

अधिकांश कुरा नाकले थाहा पाउँछ भनिन्छ, अर्थात गन्धले थाहा हुन्छ । तर नाकको सुँघ्ने क्षमतामा ह्रास आउनुको अर्थ मृत्यु नजिकिँदै छ भन्ने संकेत रहेको पछिल्लो अनुसन्धानले देखाएको छ ।

अनुसन्धानकर्ताहरुका अनुसार सुँघ्न सक्ने क्षमता र जीवनकालबिच सम्बन्ध रहेको देखाएको छ ।

सुँघ्ने क्षमता कमजोर हुँदै जाँदा निधनको सम्भावना बढ्दै जाने अनुसन्धानकर्ताले बताएका छन् । ७० वर्षभन्दा माथि उमेरका व्यक्तिमा सँघ्ने क्षमता कम भएकामा एक दशक भित्रमा निधनको सम्भावना ५० प्रतिशतले बढ्ने अनुसन्धानले देखाएको छ ।

अनुसन्धानमा यसको कारण र प्रभावबारे स्पष्ट उल्लेख गरिएको छैन । तर जेष्ठ नागरिकको सुँघ्न सक्ने क्षमता र जीवनकालबिच सम्बन्ध रहेको भने देखिएको उनीहरुले बताएका छन् । उनीहरुले जेष्ठ नागरिकको सुँघ्न सक्ने क्षमताबारे परीक्षण गरिनु पर्नेमा जोड दिइएको छ ।

प्रकाशित मिति: : 2019-05-11 09:47:09

प्रतिकृया दिनुहोस्