बार्सिलोनामा भुइँचालो: ११ खेलाडी बेच्ने तयारी

एजेन्सी– लगातार चौथो वर्ष युरोपियन च्याम्पियन्स लिग फुटबलबाट लज्जास्पद हार खेप्दै बाहिरिएपछि स्पेनिस महारथी बार्सिलोनामा अहिले एक किसिमको भुइँचालो गएको छ । टोलीका खेलाडी र पदाधिकारीबीच सन्नाटा छाएको अवस्था छ । मैदानको तयारीमा पनि खेलाडी जम्न सकिरहेका छैनन् । चेन्जिङ रुममा खेलाडी एक आपसमा बोल्न सकिरहेका छैनन् ।

च्याम्पियन्स लिगको सेमिफायनल अन्तर्गत दोस्रो लेगमा लिभरपुलसँग ४–० गोलको हार खेपेपछि बार्सिलोना अहिले एक प्रकारको शोकमा डुबेको छ । उसलाई सबैभन्दा पिडा पहिलो लेगको ३–० गोलको अग्रता जोगाउन नसक्नुमा छ । एनफिल्डको खराब नतिजापछि कप्तान लियोनल मेस्सी सहकर्मी खेलाडीसँग धेरै रिसाएका छन् ।

लिभरपुलसँगको हारपछि मेस्सी ड्रेसिङ रुममा निकै रोएका थिए । क्याम्प नोउ फर्किएपछि पनि मेस्सीले अन्य सहकर्मीहरूसँग राम्ररी बोलिरहेका छैनन् । टोलीका केही खेलाडीको खराब प्रदर्शनले अप्रत्यासित हार भोग्नुपरेको मेस्सीले ठानेका छन् ।

प्रकाशित मिति: : 2019-05-11 09:32:52

प्रतिकृया दिनुहोस्