रियो : भ्रष्टाचारको अभियोग लागेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमेअरले प्रहरी समक्ष आत्मसमर्पणगरेका छन्।
टेमेअरले शासनमा रहँदा घुस लिएको, भ्रष्टाचार गरेको र आपराधिक संगठनलाई सहयोग गरेको लगायतको आरोप लगाइएको छ।
गत मार्चमा चारदिन हिरासतमा रहेका उनी जमानतमा रिहा भएका थिए। तर बुधवार अदालतले पुन: जेल चलान गर्न आदेश दिएपछि टेमेअरले आत्मसमर्पण गरेको बताइएको छ।
हाल उनलाई साओ पाउलोमा रहेको संघीय प्रहरीको हिरासतमा राखिएको छ।