हैदारावादलाई हराउँदै दिल्ली आइपिएलको क्वालिफायरमा

तस्बिरः एजेन्सी

दिल्ली क्यापिटल्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ।

बुधबार एलिमिनेटर खेलमा सनराइजर्स हैदरावादलाई २ विकेटले हराउँदै दिल्ली क्यापिटल्सले चेन्नईसँगको भेट पक्का गरेको हो।

१ सय ६३ रनको लक्ष्य पाएको दिल्लीले अन्तिम बल बाँकी छँदै मात्र ८ विकेट गुमाएर भेट्टायो।

दिल्लीलाई जिताउन ओपनर पृथ्वी शले अर्धसतकीय इनिङ्स खेले। पृश्वी शले ५६ रन बनाउने क्रममा ३८ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे। यस्तै ऋषव पन्तले विस्फोटक ब्याटिङ गर्दै २१ बलमा ४९ रन जोडेर आउट भए।

अर्का ओपनर शिखर धवनले १७ रन बनाउँदा कप्तान श्रेयश ऐयरले ८ रन जोडे। अक्सर पटेल डक आउट हुँदा अमित मिश्रा १ रनमा आउट भए। अन्तिममा किमो पउल ५ रनमा नटआउट रहे।

यसअघि घरेलु मैदान विशाखापट्नमा टस हारेर पहिला ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरको ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो।

उसका लागि ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ३६ रनको योगदान दिए। कप्तान केन विलियम्सनले २८ रन बनाउँदा मनिष पान्डेले ३० तथा रिद्धीमान शाहले ८ रन जोडे। तल्लो कमका विजय शंकरले २५ रन बनाउँदा मोहम्मद नाबीले २० रन जोडे।

दिल्लीका किमो पलले सर्वाधिक ३ विकेट लिए । त्यस्तै ईशान्त शर्माले २, अमित मिश्रा र टेन्ट्र बोल्टको नाममा समान १ विकेट रह्यो ।

यो जितसँगैदिल्लीले फाईनल प्रवेशको लागि आगामी शुक्रबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ।

मुम्बई चेन्नईलाई हराउँदै फाईनलमा पुगिसकेको छ।

प्रकाशित मिति: : 2019-05-08 23:40:31

प्रतिकृया दिनुहोस्