कांग्रेसको अवरोधबीच नीति तथा कार्यक्रम पारित प्रधानमन्त्रीले संसदीय मर्यादा पालना नगरेको भन्दै संसदमै नाराबाजी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच संघीय संसद् प्रतिनिधिसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । कांग्रेसका सांसदहरु आफ्नो आसनबाट उठिरहे पनि सभामुखले नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरेका थिए । ध्वनि मतका आधारमा नीति तथा कार्यक्रम पारित भएको सभामुख कृष्णबहादुर महराले घोषणा गरे ।  

प्रकाशित मिति: : 2019-05-07 16:48:16

प्रतिकृया दिनुहोस्