'मेरो सरकार' र 'संविधानको सर्वस्वीकार्यता'माथि उठेका प्रश्नको संसदमा जवाफ दिँदै प्रम ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा उपस्थित भएर वर्ष ०७६/७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिँदैछन्। नीति तथा कार्यक्रममाथि संसद्‌मा उठेका प्रश्नहरुको जवाफ दिने प्रचलनअनुसार प्रधानमन्त्रीले आज जवाफ दिने कार्यसूची तय भएको हो।

सरकारकाे तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रयोग भएकाे 'मेरो सरकार' र 'संविधानको सर्वस्वीकार्यता'का विषयमा धेरै प्रश्न उठाइएको छ। प्रतिपक्षी दल नेपाली कांग्रेसले 'मेरो सरकार' पदावलीमा आपत्ति जनाएको छ।

त्यसैगरी राष्ट्रिय जनता पार्टीका नेताहरुले संविधानको सर्वस्वीकार्यतामाथि प्रश्न उठाएका छन्। आइतबार र सोमबार भएको छलफलमा प्रतिपक्षी दलका सांसदहरुले नीति तथा कार्यक्रमको आलोचना गरेका छन् भने सत्ता पक्षका सांसदहरुले त्यसको बचाउ गरेका छन्।

प्रकाशित मिति: : 2019-05-07 10:11:35

प्रतिकृया दिनुहोस्