लेखापाल सुरेश अधिकारीसँग ५ करोड अवैध सम्पत्ति, श्रीमती मात्रै ‘चार जना’

काठमाण्डौ – यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल सुरेश अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

लेखापाल अधिकारीसँग ५ करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भेटिएको अख्तियारले जनाएको छ । 

अधिकारी २०५९ सालमा रोल्पाको तत्कालीन तेवाङ्ग गाविसको सचिवका रुपमा सरकारी सेवा प्रवेश गरेका थिए । अधिकारीले आफ्नी श्रीमती भन्दै ४ जना महिला दुर्गा अधिकारी, दिपा श्रेष्ठ (अधिकारी) सुस्मिता अधिकारी, सोममाया श्रेष्ठसहित सासू पुष्पकुमारी निरौला र मामा नाताका बलराम श्रेष्ठको नाममा सम्पत्ति खरिद गरी राखेको अख्तियारको छानबिनबाट खुलेको छ ।

प्रकाशित मिति: : 2019-05-07 08:53:54

प्रतिकृया दिनुहोस्