समलिंगी यौन सम्बन्धमा ढुंगाले हानेर मृत्युदण्ड दिने कानुनबाट पछि हट्यो ब्रुनाइ

ब्रुनाइमा समलिंगी यौन सम्बन्धमा रहेकालाई ढुंगाले हानेर मृत्युदण्ड दिने कानुन लागू नहुने भएको छ । यही वर्ष अप्रिल महिनामा ब्रुनाइमा समलिंगी यौन सम्बन्ध रहेको पत्ता लागेका ढुंगाले हानेर मार्ने कानुन बनाइएको थियो । 

यसका साथै गएको अप्रिलदेखि लागू भएको नयाँ कानुनमा चोरीको आरोप सावित भएपछि दोषीको हात अथवा खुट्टा शरिरबाट अलग गरिने कडा कानुन पनि ल्याइएको छ ।  ब्रुनाइमा रक्सी बेच्न पहिलेदेखि नै प्रतिबन्ध छ ।

समलिंगी सम्बन्धमा बनेको यो कानुनको विश्वभर नै आलोचना भएको थियो । यसबारेमा अधिकारकर्मी र अन्तर्राष्ट्रिय जगतमा चर्को आलोचना भएको थियो । 

प्रकाशित मिति: : 2019-05-06 09:24:54

प्रतिकृया दिनुहोस्