‘देशको हालत कस्तो छ ? छाती पिटीपिटी रुनुजस्तो छ !’

तस्बिरः बाह्रखरी

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वैचारिक नेता हुन् घनश्याम भुसाल । सरकार र पार्टी सञ्चालनमा देखिएका विसङ्गतिविरुद्ध खरो टिप्पणी गर्न रुचाउने नेता भुषालले बिहीबार पनि त्यस्तै टिप्पणी गरे । कार्ल मार्क्सको २०१ औँ जन्मजयन्ती कार्यक्रमबारे जानकारी दिने उद्देश्यले आयोजना गरेको कार्यक्रममा नेता भुसालले सरकारको कार्यशैलीबारे सटिक धारणा राखेका हुन् ।

“देशको अवस्था भन्नुपर्दा जहिल्यै मलाई लोकगायक स्व.प्रचण्डबहादुर बुढाथोकीको सम्झना आउँछ । विशाल जीउज्यानका उनी मञ्चमा उक्लनेबित्तिकै ऐंठन गाउन थाल्थे, देशको हालत कस्तो ? छाती पिटीपिटी रुनुजस्तो छ !” देशको वर्तमान अवस्था अभिव्यक्त गर्न प्रचण्ड बुढाथोकीको यही गीत पर्याप्त हुने र यसले नै देशको साँचो ऐंठन अभिव्यक्त हुने उनको धारणा थियो ।

प्रकाशित मिति: : 2019-05-03 00:11:32

प्रतिकृया दिनुहोस्