सत्यजीत रेः जसलाई अवार्ड दिन ओस्कारका पदाधिकारी घरमै पुगे

भारतीय फिल्मी इतिहासमा सत्यजीत रे पहिलो यस्तो व्यक्ति हुन जसले घरमै ओस्कार अवार्ड थापेका थिए। उनलाई अवार्ड दिन ओस्कारका पदाधिकारी उनको घरमै पुगेका थिए।

फिल्मको एउटा विश्व विद्यालयकै रुपमा आफूलाई स्थापित गरेका रे आफ्नो कामले भारतमा मात्रै नभएर विश्वभर नै आफ्नो पहिचान कायम गरेका छन्।

सत्यजीतको आज जन्म दिन हो। उनको जन्म सन् १९२१ मे ५ तारिखका दिन भारतको कोलकातामा भएको थियो। उनी ३ वर्षको हुँदा उनका बुबाको मृत्यु भयो। आमा सुप्रभाले उनको हेरचाह र पढाइका लागि धरै कठिन परिस्थितिको सामना गर्नुपर्‍यो।

पढाइकै बीचमा सत्यजीतले १९४३ मा ग्राफिक्स डिजाइनरका रुपमा काम सुरु गरे। त्यही क्रममा उनले थुप्रै चर्चित किताबका आवरणको समेत डिजाइन गरे। जसमा जवाहरलाल नेहरुको ‘डिस्कभरी अफ इन्डिया’ जिम कार्बेटको ‘म्यान इट्स कुमाऊ’ प्रमुख रहेका छन्।

प्रकाशित मिति: : 2019-05-02 18:05:24

प्रतिकृया दिनुहोस्