बर्ड फ्लूबाट नेपालमा एकजनाको मृत्यु

तस्बिरः एजेन्सी

काठमाडौँ — काभ्रेपलाञ्चोक जिल्लाका २१ वर्षीय एक युवकको बर्ड फ्लु (एच फाइभ एन वान) बाट मृत्यु भएको छ । गत चैत १० गते ज्वरो र खोकीको लक्षणसहित शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पताल, टेकुमा भर्ना भएका उनको चैत १५ गते मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मृतकलाई इन्फ्लुएन्जा रोगको सङ्क्रमण भएको आशङ्कामा त्यसको यकिन गर्न नमूना परीक्षणका निम्ति जापान पठाइएको र त्यसको परिणाम यही वैशाख १७ गते प्राप्त भएको जनाउँदै मन्त्रालयले उनको निधन बर्ड फ्लुबाटै भएको पुष्टि भएको बताएको छ ।मृतकको नाम भने खुलाइएको छैन।
मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठनको प्रावधानानुसार सो सम्बन्धमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय काठमाडौँस्थित विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालय तथा नेपाल देशीय कार्यालयलगायत निकायसँग सहकार्य थालेको बताएको छ ।

प्रकाशित मिति: : 2019-05-02 16:22:55

प्रतिकृया दिनुहोस्