श्रीलंकाको आतंककारी हमलामा दुई धनाढ्य परिवारको जम्काभेट

गत वर्ष डेनमार्कका राजकुमारको जन्मोत्सवमा एन्डर्स होल्च पोभल्सन र उनकी श्रीमती एने।

सुन्तला र स्याउका मगमगाउँदा दाना टेबलमा सजिएका थिए। लरक्क पाकेका मेवा चाना नपारी सग्लै राखिएका थिए।

चम्चा–काँटाको ध्वनी टाङटाङ टुङटुङ बज्न थाल्यो। मान्छेका कल्याङमल्याङ सुनिन थाले।

नौ बज्न केही बेर मात्र बाँकी थियो।

डेनमार्कका धनाढ्य व्यापारी एन्डर्स होल्च पोभल्सन सांग्रिला होटलको टेबल वान रेस्टुरेन्टमा परिवारसँग ब्रेकफास्ट खान तयार भए।

उनले पुलुक्क झ्यालबाहिर हेरे। बिहानी हावाले हिन्द महासागरमा छाल लहराएको शिशाबाट प्रस्टै देखियो।

पोभल्सनले शुकूनको लामो सास तान्दै चम्चा–काँटा उठाए।

शुभबिहानीले सधैं शुभदिनको संकेत गर्दैन!

त्यही बेला इल्हाम इब्राहिम होटलको तल्लो तल्लाबाट विद्युतीय भर्याङ चढेर रेस्टुरेन्टतिर उक्लँदै थिए।

उनी श्रीलंकाका धनाढ्य मसला व्यापारीका छोरा हुन्। बेसबल क्याप लगाएका थिए। काँधमा ब्याकप्याक भिरेका थिए। उनका साथी पनि लगभग उस्तै हुलियामा देखिन्थे। उस्तै क्याप, उस्तै ब्याकप्याक।

प्रकाशित मिति: : 2019-05-02 00:11:01

प्रतिकृया दिनुहोस्